कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालमा पर्यटन र जलस्रोतको सम्भावना भएजस्तै सूचना र प्रविधिको पनि धेरै ठूलो सम्भावना रहेको बताउनुभयो ।
आज बिहीवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समिति बैठकमा नेपाल टेलिकमको सेवाको गुणस्तरको बारेमा बोल्दै उहाँले सूचना र प्रविधिको क्षेत्रबाट नेपालले उल्लेख्य विदेशी मुद्रा आर्जन गर्नसक्ने सम्भावना रहेको भन्दै यो क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउनुभयाे । नेपालमा सञ्चार प्रविधिको विकास गर्न नीतिगत समस्या नभए पनि कार्यान्वयनको समस्या रहेको उहाँकाे भनाइ छ ।
बैठकमा बाेल्दै मन्त्री कार्कीले आउँदाे १० वर्षपछि दुर्गम भनिएको कर्णाली प्रदेशमा जानका लागि सरकारी कर्मचारीबीच हानथाप हुने गरेर नीति तर्जुमा गरिरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘जसरी नेपालमा पर्यटन, जलस्रोतको सम्भावना रहेको छ । त्यसरी नै सूचना र प्रविधिको पनि धेरै ठूलो सम्भावना रहेको छ । अब कर्णालीको भविष्य धेरै स्वार्णिम रहेको छ । कर्णालीलाई अहिले दुर्गम, दुर्गम भनिन्छ । १० वर्षपछि सबै कर्मचारी कर्णाली जान हानथाप हुनेछ ।’
सञ्चारमन्त्री कार्कीले पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र, विद्यालय र अस्पतालहरूमा निःशुल्क वाईफाई जडान गर्ने पनि बताउनुभयाे । उहाँले आउँदा दिनमा नयाँ नीति र कार्यक्रमअनुसार मन्त्रालय अगाडि बढ्ने बताउनुभयो । नेपाल सूचना र सञ्चारको क्षेत्रमा एसियामा नै कमजोर नभएको तर सन्तोष हुने अवस्था पनि नरहेको उहाँकाे भनाइ छ ।
मन्त्री कार्कीले मन्त्रालय नेपाल टेलिकमको टावरको सेवा पुर्याउन कर्णाली र तराईका आठ जिल्लालाई पहिलो प्राथमितामा राखेर अगाडि बढेको उल्लेख गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।