एम अधिकारी भन्ने मान्छे खाेजेर सभामुखसमक्ष बुझाएकाे छु : सांसद महत

 साउन १३, २०७९ शुक्रबार १४:५७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले एमालेको अर्थ तथा योजना विभागमा उल्लेखित नाम एम अधिकारी आफूले भेट्टाएको दाबी गर्नुभएकाे छ । 

आज शुक्रवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै उहाँले एम अधिकार पैसामा अधिकार भएको मान्छे भएको र त्याे मान्छे नेपाल राष्ट्र बैंकको गभर्नर रहेको दाबी गर्नुभयाे । उहाँले नेपाल राष्ट्र बैंकको
गभर्नरलाई कारबाही गर्न माग पनि गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘संसदमा सशक्तका साथ आवाज उठिसकेपछि एम अधिकारी त खोज्नुपर्‍याे । एउटा सांसदको नाताले एम अधिकारी खाेज्न म रात, दिन लागेँ । मैले प्रमाण पनि भेट्टाएँ । एम भनेको मनी रहेछ, मनी भनेको पैसा । ढुकुटी, रुपैयाँ । अधिकारी भनेको अधिकार भएको मान्छे । पैसाको अधिकार भएको मान्छे । अथवा ढुकुटीमा अधिकार भएको मान्छे त गभर्नर रहेछन् । गभर्नरलाई पैसाको अधिकार भएको मान्छे अथवा एम अधिकारी भन्दो रहेछ । अधिकारी भन्ने मान्छे मैले खोजेर सभामुखसमक्ष बुझाएको छु । उहाँमाथि कारबाही होस् ।’ 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया