काठमाण्डौ महानगरभित्रका कुकुरलाई रेबिज खोप र बन्ध्याकरण

 साउन १४, २०७९ शनिबार ७:५९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - काठमाण्डौ महानगरले कुकुर व्यवस्थापन कार्यक्रम अन्तर्गत १८ हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ ।

काठमाण्डौ महानगरले विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा सन् २०१६ देखि अहिलेसम्म २२ हजार कुकुरलाई रेबिज खोप लगाएको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्षमा कुकुर व्यवस्थापनका लागि १ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ ।

यो रकम गएको आर्थिक वर्षको तुलनामा ६० लाखभन्दा बढी हो । महानगरभित्र घरपालुवा कुकुरको सङ्ख्या झन्डै ८४ हजार रहेको तथ्याङ्क छ ।   

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया