काठमाण्डौ महानगरका मेयर बालेन्द्र शाहद्वारा ठमेलको फोहर व्यवस्थापनमा चासो

 साउन १४, २०७९ शनिबार ८:२१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - प्रमुख पर्यटकीय क्षेत्र काठमाण्डौको ठमेलमा फोहरमैला व्यवस्थापन तथा सौन्दर्यकरणका लागि काठमाण्डौ महानगरपालिकाले विशेष चासो देखाएको छ ।

महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले ठमेल क्षेत्रको स्थलगत अवलोकन गरी त्यस क्षेत्रमा रहेका समस्या समाधानका लागि छलफल समेत गर्नुभएको छ ।

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पर्यटन व्यवसायी तथा घरधनीसँग अन्तरक्रिया भएको छ ।

परिषद्ले ठमेलको प्रमुख समस्याको रुपमा रहेको फोहर व्यवस्थापन, तार तथा होर्डिङ बोर्ड, सीसी क्यामरा व्यवस्थापन, ढल, सडक तथा सडकबत्ती व्यवस्थापनलगायत समस्या समाधानका उपायसहित १० बुँदे ज्ञापनपत्र मेयर शाहलाई बुझाएको छ ।

ज्ञापनपत्रमा सडक बालबालिका, सडकमा माग्ने र ठेलागाडा व्यवस्थापन, सार्वजनिक शौचालय व्यवस्थापन, ठमेल सडक महोत्सव, परिषद्को भवन निर्माण गर्न जग्गा व्यवस्थापन, तालिमलगायत माग सम्बोधन गरिदिन महानगरलाई आग्रह गरिएको छ ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल सुधार्ने माग र सुझावसहितको ज्ञापनपत्र मेयर शाहलाई हस्तान्तरण गर्नुभयो । ज्ञापनपत्र बुझ्दै महानगरका मेयर शाहले ठमेल क्षेत्रको समस्याबारे वडा कार्यालयसँगको समन्वयमा थप अध्ययन गरेर समस्याको समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया