नेपालको आर्थिक वृद्धिदर गएकाे वर्षकै हाराहारीमा रहने प्रक्षेपण

 साउन १४, २०७९ शनिबार ८:४५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको आर्थिक वृद्धिदर गएको वर्ष जस्तै रहने प्रक्षेपण गरेको छ ।

आईएमएफको वर्ल्डकाे इकोनोमिक आउट लुक प्रतिवेदनको जुलाई संस्करणमा नेपालले सन् २०२२ मा ४ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख छ । सन् २०२१ को तुलनामा यो वृद्धिदर स्थिर हो।  तर गएको अप्रिलमा  आईएमएफले  नेपालको  वृद्धिदर  ४ दशमलव १  प्रतिशत  रहने  प्रक्षेपण गरेको थियो ।

समग्र विश्व अर्थतन्त्र नै उत्पादन सङ्कुचन, उच्च मुद्रास्फीति र वित्तीय अस्थिरताको जोखिमतर्फ धकेलिन  लागेको  आईएमएफको  प्रक्षेपणका बीच  नेपालको वृद्धिदरमा सुधारसहितको संशोधन प्रस्तुत भएको हो।

अत्यधिक आयातका कारण विदेशी मुद्रा सञ्चितिमा परेको दबाब, पर्याप्त तरलताको अभाव र बढ्दो मूल्य वृद्धिका कारण नेपालको अर्थतन्त्रले पनि पछिल्ला केही महिनायता समस्या सामना गर्नु परिरहेको छ ।

समग्र एसिया क्षेत्रको आर्थिक वृद्धिदर भने घट्दो देखिएको छ । सन् २०२१ मा एसिया क्षेत्रको औसत आर्थिक वृद्धिदर ६ दशमलव ५५ प्रतिशत थियो । तर, यसवर्ष ४ दशमलव ५ मा खुम्चने र आउँदाे वर्ष सामान्य बढेर ४ दशमलव ६५ मा सीमित हुने प्रक्षेपण गरिएको छ ।

दक्षिण एसिया क्षेत्रमा भारतले सबैभन्दा उच्च अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान छ ।

अन्तिम अपडेट: जेठ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया