भूकम्पको केन्द्रबिन्दु खोटाङमा भौतिक संरचनामा क्षति, विवरण सङ्कलन हुँदै : भूकम्पपछि पटक-पटक परकम्प

 साउन १५, २०७९ आइतबार ११:५४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ६ रेक्टर स्केलको भूकम्प गएको खोटाङमा पटक-पटक परकम्प गएको छ ।

बिहान ८ बजेर १३ मिनेट जाँदा साकेला गाउँपालिका वडा नम्बर ४ को मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्प गएलगत्तै पटक-पटक परकम्प गएको खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले उज्यालोलाई जानकारी दिनुभयो ।  भूकम्पले भौतिक संरचनामा क्षति पुर्याएको छ । तर, यकिन विवरण आइनसकेको उहाँले बताउनुभयो । अहिले पालिकाका जनप्रतिनिधि, उद्धारकर्मी र सुरक्षाकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् ।

उनीहरुले क्षतिको विवरण सङ्कलन गरिरहेका साकेला गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो । लगातार परकम्प गइरहेकाले जोखिम बढेको भन्दै उहाँले स्थानीय बासिन्दालाई सुरक्षित रहन पनि आग्रह गर्नु भएको छ । भूकम्प प्रभावित क्षेत्र दुर्गममा पर्छ ।

पानी पनि परिरहेकाले गाउँगाउँमा सम्पर्क गर्न कठिनाइ भएको छ । भूकम्पको केन्द्रबिन्दु मात्तिमबिर्तामा ढुङ्गा र माटोले बनेका दुईदेखि तीन तले कच्ची घरहरु रहेका त्यहाँका वडाअध्यक्ष अर्जुन कटवालले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया