६ रेक्टर स्केलको भूकम्प गएपछि पूर्वी पहाडी जिल्लाका नागरिक घरभित्र जान डराए

 साउन १५, २०७९ आइतबार १५:४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

खाेटाङ – ६ रेक्टर स्केलको भूकम्प गएको खोटाङसहित पूर्वी पहाडी जिल्लाका नागरिक घरभित्र जान डराएका छन् । पटक–पटक परकम्पसमेत गइरहेकाले नागरिक घरभित्र जान डराएका छन् । ठूलो पानी परिरहेकाले घर बाहिर बस्न पनि समस्या भएको छ । भूकम्पको केन्द्रविन्दु साकेला गाउँपालिका वडा नम्बर ४ मा २० वटाभन्दा धेरै घर चर्किएको र निरन्तर परकम्प गइरहेकाले त्यहाँका स्थानीय त्रास र जोखिममा छन् ।

भूकम्पका कारण अरू क्षति भने नभएको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले जानकारी दिनुभयो । उहाँका अनुसार  जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी, पालिका र वडाको समन्वयमा अहिले सुरक्षाकर्मी पनि प्रभावित ठाउँमा पुगेको छ । केही घटना भइहालेमा उद्धारका लागि आफूहरू तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । भूकम्पका कारण यातायात, सञ्चार, विद्युत् आपूर्तिमा कुनै समस्या नभएको पनि उहाँले बताउनुभयो । लगातार परकम्प गइरहेकाले जोखिम बढेको भन्दै उहाँले स्थानीयवासीलाई सुरक्षित रहन पनि आग्रह गर्नुभएको छ ।

भूकम्प प्रभावित क्षेत्र दुर्गममा पर्छ । भूकम्पको केन्द्रविन्दु मात्तिमबिर्तामा ढुङ्गा र माटोले बनेका दुईदेखि तीन तले कच्ची घरहरू रहेकाले र लगातार परकम्प गइरहेकाले थप जोखिम भने बढाएको छ । 

तस्बिर : सामाजिक सञ्जाल

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया