नेपालकाे हवाई क्षेत्र छिटै ईयूकाे कालाेसूचीबाट हट्छ : मन्त्री श्रेष्ठ

 साउन १५, २०७९ आइतबार १८:९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपियन युनियन (ईयू) ले नेपालको हवाई क्षेत्रलाई छिटै कालोसूचीबाट हटाउने बताउनुभएको छ । 

आज आइतवार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आयोजना गरेको ‘आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रमसम्बन्धी पत्रकार भेटघाट कार्यक्रम’ मा बोल्दै मन्त्री श्रेष्ठले छिट्टै नेपाललाई ईयूले कालोसूचीबाट हटाउने बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) ले गरेको अडिट अनुसार नेपालको हवाई क्षेत्र राम्रो रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘ईयूकाे कालाेसूचीबाट नेपाललाई हटाउनुपर्छ भनेर सम्बन्धित निकायहरूसँग कुराकानी भइरहेकाे हाे । आईकाओले अडिट गरेको अवस्थामा हामीले राम्रो अङ्क पाएका छौँ । आईकाओले हामी सहकार्य गर्न चाहन्छौँ भनेकाे छ । क्यान महानिर्देशकलाई सम्बाेधन गरेर पत्र पठाउने भनेकाे छ । ईयूबाट अनसाइट अडिट भइसकेपछि हामी कालाेसूचीबाट हट्छौँ र युराेपमा उडान गर्नसक्ने स्थिति बनंछ भन्ने मलाई लाग्छ ।’

मन्त्री श्रेष्ठले भैरहवा विमानस्थललाई पूर्णरूपमा सञ्चालन गरिने बताउनुभयो । त्यसका लागि नयाँ विमानहरूलाई आकर्षित गर्ने र सुविधाहरू दिइने उहाँको भनाइ छ । त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि जहाजहरू बढाएर पूर्णरूपमा सञ्चालन गरिने उल्लेख गर्नुभयो । 

मन्त्री श्रेष्ठले विमानस्थललाई समृद्ध बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थललाई सुदृढ, व्यवस्थित र प्रभावकारी बनाइने स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया