बाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै, एमा...
चैत ८, २०७९ बुधबार
महाेत्तरी – महाेत्तरीकाे बर्दीवास नगरपालिकामा बैंक रहेकाे भवनमा आगलागी भएकाे छ । सिद्धार्थ बैंक रहेकाे भवनकाे माथिल्लाे तलामा आगलागी भएकाे हाे ।
अहिले वारुण यन्त्र र सुरक्षाकर्मीकाे टाेलीले आगाे निभाउने प्रयास गरिरहेकाे प्रहरीले जनाएकाे छ । आगलागीकाे कारणबारे पत्ता लागेकाे छैन ।
आगलागी भएको ठाउँमा के–कति क्षति भयो भन्ने तथ्याङ्क पनि आउन बाँकी छ । आगलागीबाट सिद्धार्थ बैंक रहेकाे तलामा भने क्षति पुगेकाे छैन । आगलागी भएकाे भवन नजिकै अर्काे भवनमा एसबीआई बैंक पनि रहेकाे छ ।
महताे उज्यालाेका महाेत्तरी सहकर्मी हुनुहुन्छ ।