साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुट...
चैत ८, २०७९ बुधबार
महोत्तरी – महाेत्तरीकाे बर्दीवास नगरपालिकामा रहेकाे एउटा भवनमा आज साेमवार दिउँसाे आगलागी हुँदा ९० लाख रुपैयाँ बराबरकाे क्षति भएको छ । स्थानीय अभिषेक झाले सञ्चालन गर्दै आएको ३६५ फिटनेश जिम सेन्टरमा बिजुली शर्ट भई आगलगी हुँदा ९० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बर्दिवासले दिएको जानकारीअनुसार आगलागीका कारण जिम सेन्टरमा रहेको ट्रस, जिमको सामग्री जलेर नष्ट भएकाे छ । तत्कालै जनपथ प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीकाे सहयोगमा आगो निभाइँदा थप क्षति हुनबाट जोगिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले जानकारी दिनुभयाे । आगाे निभाउनका लागि बर्दिवास, गौशाला नगरपालिकाबाट वारुणयन्त्र ल्याएको उहाँले बताउनुभयाे ।
आगलागी भएको भवनको दोस्रो तलामा सिद्धार्थ बैंक र सँगैकाे अर्काे भवनमा एसबीआई बैंक रहेकाे छ ।
महताे उज्यालाेका महाेत्तरी सहकर्मी हुनुहुन्छ ।