भारतमा मङ्कीपक्स सङ्क्रमणबाट एक युवकको ज्यान गयो

 साउन १७, २०७९ मंगलबार ७:२१:४ | एजेन्सी
unn.prixa.net

भारतको दक्षिणी राज्य केरलामा मङ्कीपक्स भाइरसबाट एक जनाको ज्यान गएको छ । शनिवार ज्यान गुमाएका ती युवकलाई मङ्कीपक्स सङक्रमण पुष्टि भएको हो ।

संयुक्त अरब इमिरेट्स (यूएई) बाट केरला आएका २२ वर्षीय युवकको शनिवार ज्यान गएको र नमुना परीक्षणमा मङ्कीपक्स भाइरस भेटिएको केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जले पुष्टि गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मङ्कीपक्स पुष्टि भएका मृतक युवकको सम्पर्कमा आएका २० जनालाई निगरानीमा राखिएको छ। विश्वका विभिन्न देशमा मङ्कीपक्स भाइरस फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यसअघि नै स्वास्थ्य सङ्कटका रूपमा घोषणा गरिसकेको छ।     

यसैबीच भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमतिको सङ्ख्या १६ हजार ४ सय ६४ जनामा पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । देशभर १ लाख ४३ हजार ६ सय ७६ सक्रिय सङ्क्रमित छन् ।

कोरोना सङ्क्रमणबाट थप ३९ जनाको ज्यान गएको छ। 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया