ठाउँ-ठाउँमा पहिरो गएपछि डुम्रे–बेसीसहर–मनाङ सडक ठप्प

 साउन १७, २०७९ मंगलबार ८:११:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - पहिरोका कारण डुम्रे–बेसी सहर–मनाङ सडक ठप्प रहेको छ । निरन्तरको वर्षापछि बाढी र पहिरोले डुम्रे–बेसीसहरमा बनाइएको डाइभर्सन बगाएपछि सडक बन्द भएको हो ।

यो सडक गएको असार ४ गते पहिरोले बगाएपछि डाइभर्सन बनाएर खुलाइएको थियो । तर, पानी पर्दा डाइभर्सन बगाएपछि  सडक बन्द भएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिनुभयो।

यस्तै, लमजुङको उदिपुरमा पहिरो खसेको छ । बेसीसहर–मनाङमा पनि ठाउँठाउँमा पहिरो गएको छ । पहिरोका कारण मनाङसँगको सडक सञ्जाल विच्छेद भएको छ ।

सडक खुलाउनका लागि प्रयास भइरहेको लमजुङका प्रमुख जिल्ला अधिकारी वैद्यले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया