मुग्लिन-नारायणगढ सडक खण्ड १३ घण्टादेखि ठप्प : दुई ठाउँको पहिरो हट्यो, केराबारीको हटाउन बाँकी

 साउन १७, २०७९ मंगलबार १२:४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - मुग्लिन-नारायणगढ सडक खण्ड अझै खुलेको छैन । पहिरोको कारण गएराति ११ बजेदेखि यो सडक खण्ड ठप्प छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका अनुसार पहिरो हटाउने काम भइरहेको छ । अहिलेसम्म भरतपुर महानगरपालिकाको  १७ किलो र इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ३ नम्बर पुलको बीचमा खसेको पहिरो पन्छाइएको छ ।

भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारीको पहिरो भने हटाउन बाँकी छ । गएरातिदेखि नै सडक अवरुद्ध भएकाले यो सडक खण्डमा गाडीको लामो लाइन छ । यस्तै, नौबिसे-मुुग्लिन सडक खण्डमा पनि ठाउँ ठाउँमा पहिरो गएको छ ।

पहिरोका कारण सडक अवरुद्ध भएकाले यो सडक हुँदै चल्ने गाडीलाई बिहानैदेखि नाका नाकामा रोकिएको छ । काठमाण्डौदेखि छुट्ने गाडी पनि नागढुङ्गा, थानकोट, कलङ्की लगायत ठाउँमा रोकेर राखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पहिरो नहटेसम्म यो सडक खण्डको यात्रामा ननिस्कन पनि महाशाखाले आग्रह गरेको छ । 

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया