खोलाले बगाउँदा श्रीमतीको ज्यान गयाे, श्रीमान् बेपत्ता, छाेराकाे उद्धार

 साउन १७, २०७९ मंगलबार १५:१०:५१ | गोपाल भण्डारी
unn.prixa.net

फाइल तस्बिर

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका ९ काे कोइली खोलाले बगाउँदा एक जनाकाे ज्यान गएकाे छ भने एक जना बेपत्ता भएका छन् । खाेलाले बगाएका एक जनाकाे भने उद्धार गरिएकाे छ । 

आज बिहान साढे १० बजेतिर खाेलाले बगाउँदा वाणगङ्गा ७ की ३१ वर्षीया राममाया सुनारकाे ज्यान गएकाे र उहाँका श्रीमान् ३६ वर्षीय दिलकुमार बेपत्ता हुनुभएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेस साहले बताउनुभयाे । उहाँका १२ वर्षीय छाेरा निरजकाे भने स्थानीयवासीले उद्धार गरेका साहले जानकारी दिनुभयाे । 

खाेलाए बगाएपछि प्रहरीले खोजी गर्दा झन्डै एक किलाेमिटर दक्षिणतर्फ खोला किनारमा राममायाको शव भेटिएकाे थियाे । बेपत्ता रहेका दिलकुमारकाे स्थानीयवासीसँग मिलेर खाेजी भइरहेकाे प्रहरी नायब उपरीक्षक साहले बताउनुभयाे । 

अन्तिम अपडेट: चैत २०, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया