धरहरा परिसरमा एनपीएलको ट्रफी अनावरण, ट्रफीमा कालापत्थरको ढुङ्...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय नै रहेकाले आज दिउँसोसम्म नै धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने अनुमान छ । यस्तै, राति पनि वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । आज बेलुकादेखि भने पानी पर्ने क्रम बिस्तारै कम हुँदै जाने अनुमान छ । तर, हल्का पानी पर्दा पनि पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।