भारतको जीटीए दार्जिलिङलाई हराउँदै इटहरीको राष्ट्रिय जागृति क्...
पुस २, २०८१ मंगलबार
काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा भर्नाका लागि विद्यालय र क्याम्पसले खुलाएका सूचनामा ध्यानाकर्षण भएको जनाएको छ ।
बोर्डले सूचना निकालेर शैक्षिक सत्र २०७९/०८० का लागि कक्षा ११ मा विद्यार्थी भर्ना कार्यक्रममा विद्यालय तथा क्याम्पसले फरक फरक भर्ना तालिका तय गरी छोटो समयको म्याद राखेकोमा ध्यानाकर्षण भएको जनाएको हो । छोटो समयको म्याद राखेर भर्ना खुलाउँदा दुर्गम क्षेत्रका विद्यार्थीले भर्नाका लागि आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासो आएको बोर्डले जनाएको छ । बोर्डले भर्ना खुलाउँदा कम्तीमा १५ दिनसम्म आवेदन दिनसक्ने गरी साउन मसान्तसम्मको व्यवस्था मिलाउन पनि विद्यालय तथा क्याम्पसलाई अनुरोध गरेको छ ।
साथै सबै पालिकाबाट त्यसैअनुसार समन्वय र सहजीकरण गर्न समेत सूचित गरेको छ । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल गएको साउन ११ गते प्रकाशित भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।