सप्तकाेशी बाढी प्रभाव : उदयपुरको डुम्रीबोट र लाहुरेखोंच प्रवेशमा राेक, सप्तरी र सुनसरीमा समेत जोखिम

 साउन १८, २०७९ बुधबार १२:९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका–८ डुम्रीबोट र लाहुरेखोंचमा मानिसलाई प्रवेश गर्न रोकिएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले मानवीय क्षति रोक्न र उद्धारको काम प्रभावकारी बनाउन निषेधित क्षेत्र घोषणा गरेको बताउनुभयो । नदी बस्तीमा पसेपछि उदयपुरको बेलका नगरपालिका–१, २, ३, ८ र ९ का दुई हजार भन्दा धेरै घरपरिवार प्रभावित बनेका छन् । बिहान सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको थियो । अहिले पनि प्रभावितलाई सुरक्षित ठाउँमा सार्ने काम भैरहेको छ । सप्तरी र सुनसरीमा समेत जोखिम पूर्वानुमान गरेर थप सतर्कता अपनाइएको छ ।

 


अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया