निगमले भन्याे– पेट्राेलियम पदार्थकाे मूल्य घटेर आएकाे भए पनि समायाेजन गर्न सक्दैनाैँ

 साउन १८, २०७९ बुधबार १८:२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल आयल निगमले अहिलेलाई पेट्रोलियम पदार्थको भाउ यथावत् राख्ने बताएको छ । निगमले विज्ञप्ति निकालेर भारतीय आयल निगम (आईओसी) बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको भए पनि अझै घाटामै रहने भन्दै मूल्य समायोजन नगर्ने बताएको हो ।

निगमले निकालेको विज्ञप्तिमा अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेकाले मूल्य यथावत् राखिएको उल्लेख छ । गएकाे साेमवार भारतबाट पेट्रोल प्रतिलिटर १६ रुपैयाँ र डिजल १२ रुपैयाँले घटेर आएको थियो ।

मूल्य घटेर आएपछि अहिले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ७८ पैसा नाफा रहेको तर डिजलमा नाै रुपैयाँ ३७ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर चार सय ९९ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ । निगमले आईओसीलाई अझै २३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । 

आजै आयल निगमको प्रधान कार्यालय अगाडि अनेरास्ववियु वाग्मती प्रदेश उपत्यका विशेष कमिटीले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । यातायात व्यवसायीहरूले पनि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गरेका छन् ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया