‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा १० कराेड ३३ लाख रुपैयाँ भ्रष्टाचार, १० जनाविरुद्ध मुद्दा

 साउन १८, २०७९ बुधबार २०:३३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले मधेस प्रदेशकाे मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको निष्कर्ष निकाल्दै १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ । 

आयाेगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामका तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल, सीडीई, सह–लेखापालसहित १० जनाविरुद्ध बुधवार विशेष अदालत काठमाण्डाैमा मुद्दा दायर गरेकाे हाे । मुद्दा दायर गरिएकामा ओम सत्य साई प्रालि वीरगन्जकी म्यानेजिङ डाइरेक्टर रेनु अग्रवालसहित बोलपत्र मूल्याङ्कन समितिका पदाधिकारी र सदस्य पनि छन् । 

बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएकाे, साइकलको कम्पनी नखुलाइ साइकल किनेर तीन महिनादेखि गोदाममा राखिएको भनेर उजुरी परेकाे थियाे । त्यस निवेदन सम्बन्धमा अनुसन्धान गर्दा भ्रष्टाचार भएकाे देखिएकाे आयाेगले जनाएकाे छ । 

अख्तियारले तत्कालीन प्रदेश सचिव भुसाल र सीडीई भगवान् झामाथि समान १० करोड ३३ लाख सात सय ५८ रुपैयाँ बिगोसहित कैद सजाय माग गरेकाे छ । यस्तै सह–लेखापाल राजाराम मण्डल, भण्डार तथा जिन्सी शाखा प्रमुख राम स्वार्थ महतो, भण्डार शाखाका खरिदार जित मोहन कुमार दासमाथि पनि कैद सजाय र जरिबाना माग दाबी गरिएकाे छ । 

अख्तियारले ओम सत्य साईकी अग्रवालमाथि पनि १० करोड ३३ लाख सात सय ५८ रुपैयाँ मागदाबी गरेकाे छ । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया