छोटो र विवादास्पद ताइवान भ्रमण सकेर अमेरिकी सभामुख पेलोसी फिर्ता

 साउन १९, २०७९ बिहिबार ६:५१:२० | एजेन्सी
unn.prixa.net

छोटो तर विवादास्पद ताइवान भ्रमण सकेर अमेरिकी सभामुख न्यान्सी पेलोसी फर्किनुभएको छ ।

२५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पेलोसीले राजधानी ताइपेईमा शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो ।

यो भ्रमणबाट चीन–ताइवान र चीन–अमेरिकाबीच विवाद बढेको छ । चीनले यसअघि नै पेलोसीको भ्रमणलाई लिएर विरोध जनाएको थियो । भ्रमणको प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यास घोषणा गरेको छ ।

आजदेखि सुरु हुने पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा समेत हुने बीबीसीले जनाएको छ । पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

ताइवानका राष्ट्रपति साई इङ्ग–वेनसँगको भेटमा उहाँले वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको समेत बताउनुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया