आउँदो चुनावमा झन्डै १० लाख मतदाता थपिने आयोगको अनुमान

 साउन १९, २०७९ बिहीबार १७:१४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा झन्डै १० लाख जना मतदाता थपिने अनुमान गरेको छ ।

निर्वाचन आयोगमा आज बिहीवार भएको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले गएको वैशाख ३० गते भएको पालिका चुनावमा एक करोड ७७ लाख जना मतदाता रहेकोमा आउँदो चुनावमा १० लाख जना बढेर एक करोड ८५ देखि करोड ८७ लाख जना पुग्ने अनुमान गरिएको बताउनुभयो । 

यसैबीच आयाेगले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारी सुरु भइसकेको जनाएको छ । केही तयारी यसअघि नै भइरहेकोमा बाँकी तयारी आजदेखि सुरु भइसकेको आयाेगले जनाएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा र प्रदेश सभा चुनाव मङ्सिर ४ गते देशैभर एकै चरणमा गर्ने निर्णय हाे । 

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया