सप्तकाेसीमा पानीकाे सतह घट्न थाल्याे, विस्थापितहरू घर फर्किन थाले

 साउन १९, २०७९ बिहीबार १९:४८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सप्तकोसी नदी बस्तीमा छिरेपछि विस्थापित भएका उदयपुर बेलका नगरपालिकाका नागरिक घर फर्किन थालेका छन् । पानीकाे सतह कम भएपछि बस्न कुनै पनि समस्या नभएकोले उनीहरू घर फर्कन थालेका हुन् । कतिपय भने सरकारी जग्गामा बस्दै आएको र शिविरमा बस्दा सरकारले आफ्नो घर जग्गा कब्जा गर्छ कि भन्ने डरका कारण पनि शिविरमा बस्न नमानेका उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोख्रेलले बताउनुभयो । 

उहाँका अनुसार हिजो बुधवार एक हजार जनाभन्दा धेरैलाई उद्धार गरिएकामा धेरैजसो प्रशासनसँग कुनै पनि सल्लाह नै नगरि घर फर्किएका छन् । एक हजार जनामध्ये अहिले एक सय जनामात्रै अस्थायी शिविर र आफन्तकोमा आश्रय लिएका उहाँले बताउनुभयो । दुई वटा घर भएकाहरू आफ्नो अर्को घरमा गएर बसेका पाइएको उहाँले बताउनुभयो ।  

नदी बस्तीमा पस्नुभन्दा अगाडि नै सबै सामानसहित सुरक्षित ठाउँमा सारिएकाले अहिले उनीहरूलाई खान तथा बस्नको कुनै समस्या छैन । फेरि नदीमा पानीको बहाव बढ्छ कि भन्ने शङ्काले मात्र बस्तीमा फर्कन हतार नगर्नुहोस् भनिएको पोख्रेलको भनाइ छ ।  

हिजो बिहान सप्तकोसीकाे भङ्गालो फुटेर बस्तीमा पस्दा उदयपुर र सप्तरीका केही बस्ती डुबान र कटानमा परेका थिए । सप्तकोसी नदीको एउटा भङ्गालो उदयपुरको बेलका नगरपालिकाको डुम्रीबोटबाट तटबन्ध फुटाउँदै दक्षिण–पश्चिम क्षेत्रमा पस्दा बेलका नगरपालिकाका १, २, ३, ८ र ९ वडाका झन्डै १५ सय परिवार प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया