मौसममा सुधार, एक/दुई दिन लगातार पानी पर्ने सम्भावना कम

 साउन २०, २०७९ शुक्रबार ७:२४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मौसममा सुधार भएसँगै लगातारजसो पानी पर्ने क्रम रोकिएको छ । यसले गर्दा ठूला नदीहरुमा पानीको बहाव घट्न थालेको छ ।

अबको एक/दुई दिन लगातारजसो पानी पर्ने सम्भावना नरहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । अबको एक/दुई दिन लगातारजसो झरी नपरे पनि बर्खाको बेला भएकाले केही ठाउँमा पानी भने पर्न सक्छ । यसले गर्दा पहिरो र आकस्मिक बाढीको जोखिम भने कायमै छ ।

मौसमविद् भट्टराईका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा तल झरेकाले झरीको सम्भावना कम भएको हो । तर, पनि केही ठाउँमा पानी पर्ने भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ । अहिले गण्डकी, वाग्मती, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया