आजदेखि इङ्ग्लिस प्रिमियर लिग सुरु, पहिलाे खेलमा क्रिस्टल प्यालेस र आर्सनल खेल्दै

 साउन २०, २०७९ शुक्रबार १९:३५:४४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) को नयाँ सिजन आज रातिदेखि सुरु हुँदैछ । सन् २०२२/२३ सिजनको उद्घाटन खेलमा क्रिस्टल प्यालेस र आर्सनल खेल्दैछन् । खेल राति सवा १२ बजे सुरु हुनेछ ।

क्रिस्टल प्यालेस र आर्सनलबीच अहिलेसम्म २६ पटक भेट भएकोमा आर्सनलले १४ र प्यालेसले चार पटक जितेको छ । यस्तै आठ खेल बराबरीमा सकिएको छ । यस्तै पछिल्लो पाँच भेटमा आर्सनल र प्यालेसले एक–एक खेल जित्दा तीन खेल बराबरीमा सकिएको छ ।

यस पटकको प्रिमियर लिगमा केही नयाँ नियम थपिएका छन् । अब एक खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाइनेछ । यसअघि तीन खेलाडीमात्र परिवर्तन गर्न पाइन्थ्यो । यस्तै एकै खेलमा धेरै बल प्रयोग गर्ने नियम पनि लागू हुने भएको छ । खेल चलिरहँदा बल बाहिर जाँदा खेलमा ढिलो हुने भएकाले १० वटा बल प्रयोग हुनेछ । यस्तै उचित कारण देखाएर खेलाडी अभाव भएको अवस्थामा खेलको मिति नै परिवर्तन गर्न सकिने नियम पनि थपिएको छ ।

यो सिजनमा नयाँ टिम नटिङ्घम फरेस्ट प्रिमियर लिगमा फर्किएको छ । सन् १९९८/९९ मा रेलिगेशनमा परेको नटिङघम २३ वर्षपछि ईपीएलमा फर्किएको हो । त्यस्तै २०२०/२१ को सिजनमा रेलिगेशनमा परेको फुलहम र २०१९/२० को सिजनमा रेलिगेशनमा परेकाे बर्नमाउथ पनि फर्किएकाे छ । गएकाे सिजनमा बर्नले, वाटफोर्ड र नर्विच सिटी रेलिगेशनमा परेका थिए ।

यस्तै कतार विश्व कपका कारण ईपीएलमा पहिलो पटक यसपालिको जाडोयाममा ६ हप्ता खेल हुने छैन । विश्व कप पहिलो पटक नोभेम्बर डिसेम्बरमा हुन लाग्दा ईपीएल प्रभावित हुने भएको हो ।    

गएको सिजनको उपाधि म्यानचेस्टर सिटीले जितेको थियो । एस्टन भिलालाई तीन–दुईले हराउँदै सिटीले छैटौँ पटक उपाधि जितेको थियो । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया