देशका केही ठाउँमा ठूलो वर्षा : आज दिउँसो एकछिन घाम लागे पनि फेरि पानी पर्ने सम्भावना

 साउन २१, २०७९ शनिबार ७:४८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - पछिल्लो तीन घण्टामा वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ । देशका अरु ठाउँमा पनि लगातारजसो पानी परेको छ ।

विशेषगरी काठमाण्डौको सुन्दरीजल, सिन्धुपाल्चोकको मेलम्ची र पर्साको ठोरी आसपासको क्षेत्रमा ठूलो पानी परेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको मेलम्चीमा ३० मिलिमिटर पानी परेको छ, काठमाण्डौको सुन्दरीजलमा २४ मिलिमिटर र पर्साको ठोरीमा ३८ दशमलव २ मिलिमिटर पानी परेको छ ।

अरु केही ठाउँमा पनि भारी वर्षा भएको तर मौसम विज्ञान विभागको आकाशको पानी मापन गर्ने यन्त्र नभएकाले विवरण प्राप्त गर्न नसकिएको पनि बासीले बताउनुभयो । यस्तै अहिले भने प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी परिरहेको छ ।

आज दिउँसो हिजोजस्तै एकछिन घाम लागे पनि फेरि पानी पर्ने सम्भावना छ । तर लगातार झरी पर्ने सम्भावना भने छैन । आज राति मध्य र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया