क्रोएशियामा पर्यटक बस दुर्घटना हुँदा १२ जना पर्यटकको ज्यान गयो, ३१ जना घाइते

 साउन २१, २०७९ शनिबार १७:७:२८ | एजेन्सी
unn.prixa.net

क्रोएशियामा पर्यटक बोकेको बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । ३१ जना घाइते भएका छन् । पोल्याण्डबाट घुम्न गएका पर्यटक बोकेको बस क्रोएशियाको जरेक विसास्की नजिकै सडकबाट खसेको बीबीसीले जनाएको छ ।

घाइते भएकामध्ये केहीको गम्भीर अवस्थामा उपचार चलिरहेको छ । ज्यान गुमाउने सबै पोल्याण्डका वयस्क नागरिक रहेका खबरमा उल्लेख छ । उनीहरु बोस्नियाको क्याथोलिक तीर्थस्थल मेदजुगोर्जे जाँदै थिए । क्रोएशियाका प्रधानमन्त्री डाभोर बोज्निनोभिकले ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली दिँदै घाइतेहरुको ज्यान बचाउन हरसम्भव कोसिस गर्ने बताउनुभएको छ । घटनापछि पोल्याण्डका २ जना मन्त्री क्रोएशिया जान लागेका खबरमा उल्लेख छ ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया