शेयर बजार झन्डै १८ अङ्कले घट्यो, २ अर्ब ८५ करोड रुपैयाँको कारोबार

 साउन २३, २०७९ सोमबार १५:२९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो आइतवार १० अङ्कले बढेको शेयर बजार आज साेमवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ६७ अङ्कले घटेर २ हजार १ सय ६ दशमलव १६ विन्दुमा झरेको छ ।

आज उत्पादन र म्यचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । जलविद्युत्, विकास बैंक अन्य र जीवन बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय १४ वटा कम्पनीकाे ६५ लाख २७ हजार कित्ता शेयर दुई अर्ब ८५ करोड ७० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २० करोड ७१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज जानकी फाइनान्सको शेयर चार प्रतिशतभन्दा धेरै तथा साम्लिङ पावर, एसियन लाइफ इन्सुरेन्स, कर्णाली विकास बैंक, माउन्टेन हाइड्रो नेपाल र युनाइटेड मोदी हाइड्राेको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि गुराँस लघुवित्त र हिमालयन हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया