नेपाली राष्ट्रिय क्रिकेट टाेलीकाे मुख्य प्रशिक्षकमा मनाेज प्रभाकर नियुक्त

 साउन २३, २०७९ सोमबार १८:३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय क्रिकेट टाेलीकाे मुख्य प्रशिक्षकमा मनाेज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ट्वीट गर्दै याे जानकारी दिएकाे हाे । 

भारतीय क्रिकेट टिमका पूर्वअलराउन्डर प्रभाकरले प्रशिक्षककै रूपमा रणजी ट्रफी पनि जिताएका छन् । साथै उनीसँग भारतके विभिन्न क्लब र अफगानिस्तानी राष्ट्रिय क्रिकेट टाेलीकाे प्रशिक्षक भएर काम गरेकाे अनुभव पनि छ । 

पुबुदु दासानायकेले नेपाली टाेली छाडेर क्यानडा गएपछि नेपालले नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको हो । प्रभाकरले भारतबाट ३९ टेस्ट र एक सय ३० एकदिवसीय क्रिकेट अन्तर्राष्ट्रिय खेलेका छन् ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया