अब महिला प्रत्यक्ष चुनावमा उम्मेदवार बन्न पनि तयार छन् : सांसद शाही

 साउन २४, २०७९ मंगलबार १४:५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले अब महिला समानुपातिकमा मात्र नभइ प्रत्यक्ष चुनावमा उम्मेदवार बन्न पनि तयार र सक्षम रहेको बताउनुभएको छ । 

आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले यस्तो बताउनुभएको हो । उहाँले प्रत्यक्षमा उम्मेदवारी दिँदा प्रत्येक दलले जनसङ्ख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्नेछ भन्ने व्यवस्था कानुनमा नै बाध्यकारी बनाउनुपर्ने बताउनुभयो । 

सांसद शाहीले महिलालाई प्रत्यक्ष उम्मेदवार बनाउने कुरामा दलहरूको व्यवहार आफैँ विभेदपूर्ण रहेको बताउनुभयो । उहाँले आउँदाे चुनावमा महिलालाई प्रत्यक्षमा उठाएर विजयी सुनिश्चित गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘कानुनले नै बाध्यकारी बनाउने हो भने दलहरूले महिलालाई उम्मेदवार बनाउँछन् । संविधानको धारा ३८ को उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ भन्ने व्यवस्था गरिएको छ । धारा १८ ले समानताको हकको व्यवस्था गरेको छ । तर महिलालाई प्रत्यक्ष उम्मेदवार बनाउने कुरामा दलहरूको व्यवहार आफैँ विभेदपूर्ण छ । अब महिला समानुपातिकमा बसेर सुरक्षित हुनेमात्रै होइन, प्रत्यक्ष चुनावमा उम्मेदवार बन्न पनि तयार र सक्षम छन् ।’

सांसद शाहीले गएकाे पालिका चुनावमा सत्तारूढ दलहरूले गठबन्धन गरेर जाँदा महिला उम्मेदवारी अनिवार्य नभएको उल्लेख गर्दै आउँदाे सङ्घ र प्रदेश सदस्यको चुनावमा प्रत्यक्षमा महिला उम्मेदवार संविधान बमोजिम सुनिश्चित गर्नुपर्ने बताउनुभयो । कानुनले नै बाध्यकारी बनाउने हो भने दलहरूले महिलालाई उम्मेदवार बनाउने निश्चित रहेको उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: जेठ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया