पहिरोका कारण रसुवाका ठाउँठाउँमा सडक अवरुद्ध

 साउन २५, २०७९ बुधबार ७:४०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - गएराति आएको पहिरोका कारण पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ । रसुवाको बेत्रावती कालीकास्थान सडक खण्ड अन्तर्गत पर्ने बनुवामा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार जिल्लाको उत्तरगया गाउँपालिका–५ मा रहेकाे बनुवामा पहिरो गएका कारण बिहानैदेखि गाडी सञ्चालन हुन सकेका छैन।

पहिरोले बेत्रावती-मैलुङ सडक खण्डसमेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा आउन केही दिन लाग्ने प्रहरीले जनाएको छ । यो सडक खण्ड भएर सदरमुकाम धुन्चे, रसुवागढी नाका, गोसाइँकुण्ड, लाङटाङलगायतका ठाउँमा पुग्न सकिन्छ । 

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया