मनोहरा खोला वरपरका ८० घरटहरामा बाढी पस्यो : मानिसको उद्धार, केही पशुचौपाया भने बगायो

 साउन २५, २०७९ बुधबार ७:५६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको छ ।

प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका वडा नम्बर १ दुवाकोट बेसीका २० वटा घर टहरामा पानी पसेको छ । त्यहाँका नागरिकलाई सुरक्षित ठाउँमा उद्धार गरिएको छ ।

यस्तै, मध्यपुर थिमि नगरपालिका वडा नम्बर १ मा माटोको ढिस्को खोलामा खस्दा खोलाको धार परिवर्तन भइ ६० वटा घर टहरामा पानी पसेको छ ।

यस्तै, मनोहरा खोला नजिक रहेका केही बङ्गुर तथा कुखुरा फार्ममा बाढीको असर परेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक डीएसपी राजु पाण्डेका अनुसार चाँगुनारायण नगरपालिका-४ मा रहेको हरि राईको बङ्गुर फार्मबाट चार वटा बङ्गुर बगाएको छ ।

मध्यपुर थिमि-२ मा रहेको अम्मर लामाको फार्ममा रहेका पशुपक्षीलाई भने सुरक्षित ठाउँमा सारिएको छ । गएराति ठूलो वर्षासँगै आएको बाढी सुकुम्वासी बस्तीमा पसेको हो । 

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया