नागढुङ्गा–नौबिसे सडक खण्डमा एकतर्फी गाडी सञ्चालन

 साउन २६, २०७९ बिहीबार ८:३०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - काठमाण्डौको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा बिहानैदेखि चापमा गाडी चलिरहेका छन् ।

बिहान साढे ४ बजेतिर नागढुङ्गाको झ्याप्ले खोला नजिकै गाडी बिग्रिएकाले एकतर्फीरुपमा गाडी चल्दा चाप बढेको हो ।  

बिग्रिएको गाडी हटाएर सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यतिबेला अन्य मख्य सडक खण्डमा भने गाडीको आवतजावत सामान्य छ ।

तर, पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गर्दै आएको छ । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया