सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक आज

 साउन २६, २०७९ बिहिबार ९:४१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे, रासस

काठमाण्डाै - सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक आज बस्दैछ ।

दिउँसो २ बजे बालुवाटारमा बस्ने बैठकमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि गठबन्धका दलबीच सिट बाँडफाँटबारे छलफल हुनेछ ।

चुनावमा  तालमेल गरेर जाने सहमति भए पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँट हुनसकेको छैन । गएको २३ गते बसेको कार्यदलको पहिलो बैठक औपचारिकतामै सीमित भएको थियो ।

कांग्रेसका नेता कृष्ण सिटौला प्रमुख रहेको कार्यदलले १ सय ६५ निर्वाचन क्षेत्रसहित यो निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेश बाँडफाँटका बारेमा छलफल गरी शीर्ष नेतृत्वहरूलाई सुझाव पेस गर्नेछन् ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया