कतार प्रहरीमा पठाउने भन्दै ठगी गर्ने म्यानपावरमाथि विभागले थाल्यो अनुसन्धान

 साउन २६, २०७९ बिहिबार १२:९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार विभागले कतार प्रहरीमा पठाउने भन्दै ठगी गर्ने म्यानपावरमाथि आकस्मिक अनुगमन गरेको छ । 

वैदेशिक रोजगार विभागबाट इजाजतप्राप्त संस्था अल तकेत ओभरसिज नेपाल प्रालीले कतार प्रहरीमा पठाउने भनि अन्तर्वार्ताको मिति समेत तोकेको अवस्थामा आकस्मिक अनुगमन गरेर अनुसन्धान थालेको हो । विभिन्न व्यक्तिसँग १५ लाख रुपैयाँसम्म उठाएको भन्ने व्यहोराका समाचारहरु प्रकाशन भएका भन्दै संस्थाको काम शंकास्पद लागेर अनुसन्धान थालेको विभागले जनाएको छ ।

अहिले म्यानपावरका सम्बन्धित कागजात बरामद गरी अन्य आवश्यक अनुसन्धान भइरहेका विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • Sukhlal tamang

    Aug. 11, 2022, 8:42 p.m.

    के यो माग पनि 'फेक ' होला ? 'फेक 'हो भने नेपाल सरकारले यो विषयमा कडा भन्दा कडा कदम उठाउनुपर्छ / कुनैपनि म्यानपावरले नेपाली सोझा साझा नागरिकलाई ठग्न पाउंदैन / यो डिमाण्ड ' फेक ' होइन भने चाहिँ कम्पनीले नेपालको नियमअनुसार काम गर्नुपर्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया