वैदेशिक रोजगारीसम्बन्धी उजुरी अनलाइनबाटै दिन मिल्ने, यस्तो छ तरिका :

 साउन २६, २०७९ बिहिबार १४:१९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – के तपाईं वा तपाईंको आफ्नो मान्छे वैदेशिक रोजगारीका क्रममा समस्यामा पर्नुभएको छ ? यदि समस्यामा पर्नुभएको छ भने अब अनलाइनबाटै उजुरी दिन मिल्ने भएको छ । 

वैदेशिक रोजगारीको सिलसिलामा समस्यामा परेका श्रमिक वा उनका परिवारले न्याय, उद्धार तथा राहतको लागि वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीबाटै पहल गर्न सक्ने वैदेशिक रोजगार विभागले जनाएको छ । म्यानपावर तथा एजेण्टले ठगेको, गन्तव्य देशमा भनेअनुसार काम नपाएको, विदेशमा अलपत्र परेकाे, दुर्घटना वा बिरामी भएको लगायतका वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण उजुरी अनलाइनबाटै दर्ता गर्न मिल्छ ।

त्यसको लागि वैदेशिक रोजगार विभागको वेबसाइट https://dofe.gov.np/ मा गई त्यसको दायाँ माथिल्लो भागमा उजुरी भन्ने अप्सन छ । त्यहाँ क्लिक गरेपछि उजुरी र गुनासोका विभिन्न प्रकारहरु देखिन्छन् । त्यसमध्ये आफूले उजुरी गर्न चाहेको अप्सनमा क्लिक गरेपछि त्यहाँ विभिन्न विवरण माग्छ । त्यो सबै भरेर सबमिट गरिसकेपछि निवेदन विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस)मा प्रविष्ट हुन्छ । विभागका अनुसार त्यही उजुरीको आधारमा कारबाहीको प्रक्रिया अगाडि बढ्छ ।

उजुरी गर्दा प्रमाण वा आधार पुष्टि हुने कागजात पेस गर्नुपर्ने विभागले जनाएको छ । यस्तै आफूले दिएको उजुरी के भइरहेको छ भन्ने बुझ्न विभाग अन्तर्गत उद्धार तथा राहत शाखाको टिलेफोन नम्बर ०१४७९२६४८ मा सम्पर्क गरेर उजुरीको अद्यावधिक विवरण पनि प्राप्त गर्न सकिन्छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • रबिन परियार

    Aug. 11, 2022, 4:10 p.m.

    नेपालमा धेरै मेनपावर हरु मा पासपोर्ट राखेर धेरै समय लाग्छ मात्र भन्छ ।तर भिशा को समय पनि सकिने गर्छ ।म एक यस्तो सिस्टम बनाउन आग्रह गर्छु कि जुन मेनपावर ले यो काम गर्छ त्यस मेनपावर कम्पनी ले 3 महिना भन्दा वढी राखन नहुने कानुन हुनु पर्ने देखिन्छ ।धन्यवाद

  •  0 Reply

तपाईको प्रतिक्रिया