सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक सुरु

 साउन २६, २०७९ बिहिबार १६:१६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक सुरु भएको छ । बालुवाटारमा सुरु भएको बैठकमा मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि गठबन्धका दलबीच सिट बाँडफाँटका आधारबारे छलफल सुरु भएको छ ।  

चुनावमा तालमेल गरेर जाने सहमति भए पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँट हुन सकेको छैन । गएको २३ गते बसेको कार्यदलको पहिलो बैठक औपचारिकतामै सीमित भएको थियो ।

कांग्रेसका नेता कृष्ण सिटौला प्रमुख रहेको कार्यदलले एक सय ६५ निर्वाचन क्षेत्रसहित प्रदेश क्षेत्र बाँडफाँटका बारेमा छलफल गरी शीर्ष नेतृत्वहरूलाई सुझाव पेस गर्नेछन् । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया