सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित

 साउन २७, २०७९ शुक्रबार ७:२४:२८ | एजेन्सी
unn.prixa.net

सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित भएका संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घीय शरणार्थी निकाय यूएनएचसीआर र नर्वेजियाली शरणार्थी परिषद् (एनआरसी) का अनुसार ७ लाख ५५ हजारभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित बनेका छन् ।  उनीहरू देशको सीमाभित्र रहेका छन् ।

सोमालियामा एनआरसीका कन्ट्री डाइरेक्टर मोहम्मद अब्दीले १० लाख जनसङ्ख्या विस्थापित हुनु सोमालियाका लागि ठूलो खतराको घण्टी भएको बताउनु भएको  छ । उहाँले भोकमरीले अहिले सिङ्गो सोमालियालाई पिरोलेको भन्दै धेरै परिवार घरसहित सबै कुरा छोडेर अन्त्यै जान बाध्य भएको बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  

उहाँले जतिसक्दो छिटो सोमालियामा सहायता कोष बढाउन आवश्यक रहेको पनि बताउनु भएको छ । जलवायु परिवर्तन र युक्रेन युद्धका कारण खाद्य पदार्थको बढ्दो मूल्यका कारण सोमालियामा भोकमरीको समस्या झेलिरहेका मानिसको सङ्ख्या आउँदाे दिनमा झन्डै ५० लाखबाट बढेर ७० लाखभन्दा धेरै पुग्ने यूएनएचसीआरको अनुमान छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया