मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र अख्तियारको नियन्त्रणमा

 साउन २७, २०७९ शुक्रबार १८:५७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएको छ । विश्वविद्यालयविरुद्ध अख्तियारमा उजुरी परेपछि कार्यालयले कागजपत्र नियन्त्रणमा लिएको हो । विभिन्न विषयसँग सम्बन्धित उजुरीहरू कार्यालयमा पर्न थालेपछि अनुसन्धानका लागि विश्वविद्यालयका कागजात नियन्त्रणमा लिइएको हो ।

विश्वविद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रिया, छात्रवृत्तिलगायतका विषयमा अख्तियारमा उजुरी परेको कार्यालयले जनाएको छ । विश्वविद्यालयका विषयमा कार्यालयमा उजुरी परेकाले अनुसन्धानका लागि कागजपत्र नियन्त्रणमा लिइएको सूचना अधिकारी भेषराज रिजालले जानकारी दिनुभयो । अख्तियारको नियमित प्रक्रियाअनुसार नै अनुसन्धानसँग जोडिएका कागजात टोलीले नियन्त्रणमा लिएको उहाँको भनाइ थियो । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया