कार्यदलले काम थाले पनि तत्काल घर नफर्कने मिटरब्याजी पीडितको अडान

 साउन २८, २०७९ शनिबार ७:१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - मिटरब्याजी पीडितहरुले सरकारी कार्यदलमा आफूहरुको पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् ।

सरकारले माग पूरा गर्न भन्दै कार्यदल गठन गरे पनि आफूहरु विश्वस्त हुन नसकेको उनीहरुको भनाइ छ । यसअघि पनि सरकारले माग पूरा गर्ने आश्वासन दिएको, तर पूरा नभएको भन्दै अब त्यत्तिकै घर नफर्कने उनीहरुले अडान लिएका छन् ।

काठमाण्डौमा धर्ना बसेका नवलपरासीका मिटरब्याजी पीडितहरुसँग सरकारी कार्यदलले हिजो वार्ता गरेको थियो । कार्यदलले प्रमाण सङ्कलन र अनुसन्धान अगाडि बढाउने आश्वासन दिँदै घर फर्किन आग्रह गरे पनि पीडितहरूले यसअघि पनि सरकारसँग सम्झौता गरेर फर्किँदा धोका भएको भन्दै अहिले त्यतिकै घर नफर्किने अडान लिएका हुन् ।

नवलपरासीका मिटर ब्याजी पीडितहरूले १० दिन अघिदेखि काठमाण्डौको माइतीघरमा धर्ना दिँदै आएका छन् । उनीहरुको समस्या बुझ्न र समाधान गर्न भन्दै सरकारले हिजो गृह मन्त्रालयका सहसचिव भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलले हिजोदेखि नै काम थालेको छ ।

कार्यदलले हिजो पीडितसँग छलफल गरेर घर जान आग्रह गरे पनि पीडितहरु तत्काल घर फर्कने पक्षमा छैनन् । यसअघि असारमा पनि पीडितहरुले धर्ना दिएपछि सरकारले समस्या सुनुवाइ भएको भन्दै अनुसन्धान गर्ने आश्वासन दिएको थियो । तर सरकारले आश्वासनअनुसार काम नगरेको भन्दै पीडितहरु फेरि काठमाण्डौ आएका हुन् । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया