रुकुम पूर्व : दुर्घटनामा घाइते भएका प्रहरीलाई हेलिकप्टरमार्फत काेहलपुर पठाइयो

 साउन २८, २०७९ शनिबार १४:४८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

रुकुम – रुकुम पूर्वमा सुरक्षा निकायका प्रमुखहरु चढेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । पुथा उत्तरगंगा गाउँपालिका ११ सेरामाथिको मोडमा प्रहरीको लु १ झ ६६० नम्बरको जीप दुर्घटना हुँदा रुकुम पूर्वका प्रमुख नायब उपरीक्षक डीएसपी प्रकाश डाँगी र सशस्त्र प्रहरी बलका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक डीएसपी रविन श्रेष्ठसहित ६ जना घाइते भएका हुन् ।

घाइते भएकाहरुलाई हेलिकप्टरमार्फत उद्धार गरेर थप उपचारको लागि बाँकेको कोहलपुर पठाइएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिनुभयो । प्रहरीको लु १ झ ६६० नम्बरको जीप सडकबाट खस्दा प्रहरीका डीएसपी डाँगीलाई टाउकोमा गहिरो चोट लागेको छ ।

 


अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया