फाेहर लिएर बञ्चरेडाँडा गएका गाडी आज पनि रोकिए

 साउन ३०, २०७९ सोमबार १०:३९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - काठमाण्डाैबाट फाेहर बोकेर बञ्चरेडाँडा ल्याण्डफिल साइट जाँदै गरेका गाडीलाई राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुले बाटोमै रोकेका छन् ।

हिजो फाेहर थुपार्न नदिने घोषणा गरेका सत्तारुढ तीन दलका स्थानीय नेताहरुले आज फाेहरका गाडी रोकेका हुन् ।

आज फाेहर लिएर ल्याण्डफिल्ड साइट जाँदै गरेका गाडीहरु बाटोमै रोकिएका काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । राजनीतिक दलहरुको अवरोधका कारण आज बिहान काठमाण्डाैबाट गएका कुनै पनि गाडीले फाेहर खसाल्न पाएका छैनन् ।

हिजो गएका २५ वडा गाडीले मात्र फाेहर खसालेका थिए । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया