दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदाे मङ्सिर ४ गते हुने चुनावमा सबैलाई न्याय हुने गरी टिकट वितरण गरिने बताउनुभएको छ ।
कांग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिलाई प्रशिक्षण तथा शुभकामना आदाप्रदानका लागि आज साेमवार ललितपुरमा भएको कार्यक्रममा देउवाले कुनै गुट नभनी न्यायसङ्गत ढङ्गबाट टिकट वितरण गरिने भन्दै ढुक्क भएर चुनाव प्रचारमा लाग्न आग्रह गर्नुभयो । पार्टीका कसैलाई भेदभाव नगर्ने र सबैलाई मिलाएर लैजान इच्छा रहेको देउवाको भनाइ छ । उहाँले भन्नुभयाे, ‘हामी अहिले गठबन्धनमा छौँ । जनताभन्दा ठूला कोही छैनन् । उनीहरूको साथ, समर्थन लिनु आवश्यक छ । सबैलाई मिलाएर लैजान्छु, अन्याय हुन दिन्न । ढुक्क हुनुहोस् ।’
यस्तै उहाँले आउँदो चुनावमा कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी बन्ने भन्दै यसअघिको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा एक्लै लडेकाले आफूहरू पराजित भएको तर अब गठबन्धन साथमा रहेको बताउनुभयो ।
देउवाले चुनावमा पार्टीको पक्षमा नागरिकको समर्थन जुटाउने काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । लोकतन्त्रमा नागरिकभन्दा ठूलो अरू कोही नहुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले आउँदो चुनावमा पनि नागरिकको साथ र समर्थन लिएर आफ्नो पार्टी विजयी हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Mohan khatri
Aug. 15, 2022, 2:52 p.m.काठमाडौ को फोहर मा वार्ड का झोले हरू उचालेर अबरोध गर्ने अनी जनता को साथ पाइन्छ भन्ने यो कस्तो मुर्खता हो? जनता को मतले जितेको हो बालेन ले काम गर्न देउन नत्र बढारियर जाउला