आज पनि प्रहरी परिचालन गरेरै बञ्चरेडाँडामा फोहर फाल्ने तयारी

 साउन ३१, २०७९ मंगलबार १४:४७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – आज मङ्गलवार पनि सुरक्षाकर्मीको उपस्थितिमा नुवाकोटको बञ्चरेडाँडामा फोहर फाल्न लागिएको छ । आज धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ का स्थानीयवासीले अवरोध गरेपछि फोहर बोकेर गएका गाडी बाटोमै रोकिएका छन् ।

दुई सय जनाभन्दा धेरै सुरक्षाकर्मी काठमाण्डौबाट गएर अहिले गाडीलाई लाइन लगाउने काम भइरहेको र केहीबेरमा फोहर झार्न सुरु गरिने नुवाकोट प्रहरीले जनाएको छ । धुनीबेसी नगरपालिका वडा नम्बर १ का स्थानीय युवाले हातमा ढुङ्गा बोकेर बसेकाले फोहरका गाडी अगाडि बढ्न सकेका थिएनन् ।  

महानगरले आज दुई सय ५० वटा गाडी फोहर लोड गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार नुवाकोटका ४०–५० जना प्रहरी बञ्चरेडाँडामै बिहानदेखि नै थिए । अहिले काठमाण्डौबाट गएका सुरक्षाकर्मीको टोली पनि पुगेका छन् । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया