झन्डै २५ अङ्कले घटेर शेयर बजार राताम्मे, २ अर्ब ७३ करोड रुपैयाँको कारोबार

 साउन ३१, २०७९ मंगलबार १५:१३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लामो समयपछि हिजो साेमवार बढेको शेयर बजार आज मङ्गलवार फेरि दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । 

शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ८३ अङ्कले घटेर दुई हजार ४१ दशमलव शून्य ६ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, उत्पादन, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । 

आज दुई सय २१ वटा कम्पनीकाे ६४ लाख ६ हजार कित्ता शेयर दुई अर्ब ७३ करोड ४८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै रिडी हाइड्रोपावर कम्पनीको चार करोड ५२ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज युनिलिभर नेपाल, दोर्दी हाइड्रो र पञ्चकन्यामाई हाइड्रोको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि अपर हेवाखोला हाइड्रो कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया