दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – काठमाण्डौको फोहर फाल्न स्थानीयवासीले अवरोध गरेपछि नुवाकोटको बञ्चरेडाँडामा प्रहरीले हवाई फायर गरेको छ ।
आज मङ्गलवार दिउँसो काठमाण्डाैबाट लगिएको फोहरका गाडीलाई स्थानीयवासीले रोकेपछि पाँच राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डाैका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । स्थानीयवासीले अवरोध गरेपछि प्रहरीले केहीबेर माइकिङ गरेर सम्झाइ–बुझाइ गर्दा उनीहरूले उल्टै ढुङ्गामुढा गर्न थालेपछि पाँच राउन्ड हवाई फायर गरिएको मैनालीले बताउनुभयो ।
झडपपछि फोहर विसर्जनको काम रोकिएको छ । अवस्था सामान्य बन्दै गएपछि फोहर विसर्जनको काम सुरु गरिने नुवाकोट प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा नुवाकोट र काठमाण्डाैका दुई सयभन्दा धेरै प्रहरी खटिएका छन् । केही दिनयता स्थानीयवासीले अवरोध गरेपछि सुरक्षाकर्मीको उपस्थितिमा फोहर फाल्ने गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।