नेपालीले विदेश जाँदा ९७ अर्ब खर्च गरे, विदेशीले नेपालमा जम्मा ३२ अर्ब ४५ करोड रुपैयाँ खर्चिए

 साउन ३१, २०७९ मंगलबार १९:५६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको आर्थिक वर्ष २०७८/७९ मा खुद सेवा आय एक खर्ब आठ अर्ब १२ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय ७२ अर्ब ८५ करोड रुपैयाँले घाटामा रहेको थियो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गएकाे वर्ष भ्रमण आय तीन सय ४६ प्रतिशतले बढेर ३२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय सात अर्ब २७ करोड रुपैयाँ रहेको थियो ।

यस्तै सेवा खाताअन्तर्गत भ्रमण व्यय अर्थात् नेपालीले विदेशमा गर्ने खर्च एक सय ९६ दशमलव सात प्रतिशतले वृद्धि भइ ९७ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फकाे खर्च ६७ अर्ब ७० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष भ्रमण व्यय ३२ अर्ब ८० करोड रहेकोमा शिक्षातर्फको व्यय २४ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो । 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया