दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाकाे ज्यान गयाे

 भदौ १, २०७९ बुधबार १७:४९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : विष्णु धामीकाे फेसबुकबाट

दार्चुला – दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा जाँदै गरेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका ६ उल्लानीमा दुर्घटना भएको हो । मृतकमध्ये चार जना पुरुष र एक जना महिला रहेका छन् । उनीहरूको परिचय खुलेको छैन । घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको शैल्य शिखर नगरपालिकाका मेयर विजयसिंह धामीले उज्यालोलाई जानकारी दिनुभयो ।

जीप सडकबाट धेरै तल खसेको र कति जना मान्छे चढेका थिए भन्ने थाहा हुन नसकेको मेयर सिंहले बताउनुभयो । गम्भीर घाइते भेटिएमा उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया