बञ्चरेडाँडामा फोहर फाल्ने विषयमा फेरि अन्योल, स्थानीय बासिन्दाको अवरोध कायमै

 भदौ २, २०७९ बिहीबार ७:५७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - काठमाण्डौ उपत्यकाको फोहर बञ्चरेडाँडामा फाल्ने क्रममा भइरहेको अवरोध हटाउन सहमति भए पनि अन्योल भएको छ ।

काठमाण्डौ, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित पालिकाका पदाधिकारीको हिजोको बैठकले अवरोध हटाएर फोहर फाल्ने सहमति गरेको थियो । सहमति अनुसार काठमाण्डौ महानगरपालिकाले आज बिहानैदेखि फोहरका गाडी बञ्चरेडाँडा पठाउने तयारी गरेको छ ।

महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले सहमति अनुसार फोहरका गाडी पठाउने बताउनुभयो । उहाँका अनुसार आज पनि सुरक्षाकर्मी भने खटिनेछन् ।

महानगरपालिकाले सहमति अनुसार फोहर पठाउने तयारी गरिरहे पनि ल्यान्टफिल्ड साइटमा पर्ने धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ का बासिन्दाको  अवरोध कायमै रहेको वडा अध्यक्ष मानबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो विरोध प्रदर्शनका क्रममा पक्राउ परेका एक जनाको रिहाइ र अस्ति घाइते भएका एक जनाको उपचारको खर्च सरकारले बेहोर्नु पर्ने माग गर्दै स्थानीय बासिन्दाले अवरोध कायमै राखेका छन् । यस विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा आज छलफल हुने वडा अध्यक्ष तामाङले बताउनुभयो ।

हिजो, फोहर बोकेर जाने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, जथाभाबी फोहर फाल्न नपाउने, बञ्चरेडाँडामा फोहर थुपार्ने ठाउँमा गन्ध नआउने औषधि छर्किनुपर्ने र गएको जेठ २६ गते भएको सहमति कार्यान्वयन गर्दै जाने सहमति भएको थियो। 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया