घरमा आगलागी हुँदा मोरङमा एक जनाको ज्यान गयो

 भदौ २, २०७९ बिहिबार ८:३६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै - मोरङमा आगलागी हुँदा एक जनाको जलेर ज्यान गएको छ ।

गएराति ११ बजे सुन्दरहरैचा–११ बेलेपुरमा रहेको बालकृष्ण गिरीको साढे दुई तले घरमा आगलागी हुँदा त्यहाँ डेरा गरी बस्ने बेलबारी नगरपालिका-११ घर भएका ३८ वर्षका कुमार श्रेष्ठको ज्यान गएको हो ।

प्रहरीका अनुसार ज्यान गुमाउने श्रेष्ठले रङ लगाउने काम गर्नुहुन्थ्यो । राति सुतेकै अवस्थामा उहाँको ज्यान गएको हो ।

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया