कार्यव्यवस्था परामर्श समितिको बैठकमा नागरिकता विधेयकमाथि सहमति जुटेन, प्रतिनिधि सभा बैठकबाट पारित गर्ने सम्भावना

 भदौ २, २०७९ बिहीबार १२:७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकको शून्य समयमा अहिले सांसदहरुले आफ्नो धारणा राख्दै छन् ।

आजको बैठकबाट राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै सङ्घीय संसदमा फिर्ता पठाएको नागरिकता विधेयक पारित गर्ने सम्भावना छ ।

संसद् बैठक अघि नागरिकता विधेयकमा सहमति खोज्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति जुट्न सकेन ।

सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयकलगायतका विषयमा छलफल गर्न बोलाउनु भएको कार्यव्यवस्था समितिको बैठकमा सत्तारुढ दलका प्रतिनिधिले तत्काल पारित गर्नुपर्ने र फेरि राष्ट्रपतिकोमा प्रमाणीकरणका लागि पठाउनुपर्ने धारणा राखेका छन् भने प्रमुख प्रतिपक्षी एमालेले थप छलफल हुनुपर्ने बताएको छ।

कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले राष्ट्रिय जरुरी महत्त्वको विषय मानेर नागरिकता विधेयक आजकै प्रतिनिधि सभा बैठकबाट पारित गर्नुपर्ने बताउनुभयो । एमाले सांसद कृष्णभक्त पोखरेलले अहिलेको अहिल्यै पारित गरिहालौँ भन्नुभन्दा पनि राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाउनुभएपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर छलफल गर्नु पर्ने बताउनुभयो ।

यस्तै, एमाले नेता शेरबहादुर तामाङले भने सभामुख सापकोटाले नै नागरिकता विधेयकमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाउनुपर्ने बताउनु भएको थियो। 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया